२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्‌मा रहेका चौथो र पाचौं दलले लामो समयदेखि प्रतिनिधि सभाको कामकारबाहीमा भाग नलिएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सुरुमै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणको छानबिनको माग राखेर लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका सांसदहरू नियमित बैठकमा सहभागी नभएको उल्लेख गर्दै उनले भने, ‘यस सम्बन्धमा म आफैले सहमतिका लागि सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको बारे सबै माननीय सदस्यहरू जानकार नै हुनुहुन्छ ।’

सहमतिका लागि आफू अझै पनि सक्रिय रहेको उनले बताए । यहीँनेर उनले संसदको कामकारबाहीमा भाग नलिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सरकारले संवाद नगरेको बताएका हुन् ।

‘तर, सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्नेमा नभएकोमा मलाई चिन्ता लागेको छ,’ सभामुख घिमिरेले भने ।

बैठक सुरु हुनासाथ असहमति प्रकट गर्ने र बाहिरिने प्रवृत्ति दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने उनले बताए । संसद असहमति प्रकट गर्ने थलो मात्रै नभएर सहमति गर्ने थलो समेत रहेको उनले बताए ।