काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
उनी माथि पाँच करोड उनासी लाख बैसठ्ठी हजार चार सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको सहायक प्रवक्ता
गणेश बहादुर अधिकारीले जानकारी दिए ।









