२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा प्रशासनको प्रविधिमैत्री अभियान : अनलाइन नागरिकता सिफारिशदेखि सेवा सुधार ‘स्विफ्ट अपरेशन’

अ+ अ-

काठमाडौँ । धनुषा जिल्ला प्रशासन कार्यालयले प्रविधिमा आधारित सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राख्दै ‘सेवा सुधार अभियान अपरेशन ‘स्विफ्ट सेवा’ अघि बढाएको छ । यसबाट नागरिकले छिटोछरितो, मितव्ययी र भरपर्दो सेवा पाउने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको समन्वयमा हालै एक साताव्यापी प्रशिक्षण सम्पन्न गरेको छ, जसमा १६९ वडाका प्रशासन तथा प्राविधिक कर्मचारी, सबै नगरपालिका-गाउँपालिकाका आइटी अधिकृत र कार्यालयका कर्मचारीसहित ३९० जनाले अनलाइन प्रणालीमार्फत नागरिकताको कार्य गर्ने सीप हासिल गरेका छन् । गृह मन्त्रालयका कम्प्युटर अधिकृत सुदर्शन न्यौपाने नेतृत्वको टोलीले प्रशिक्षण दिएको थियो ।

२०८२ भदौ १३ गते लक्ष्मिनिया गाउँपालिकाबाट आएको पहिलो अनलाइन सिफारिसअनुसार नागरिकता प्रमाणपत्र जारी गरेर यस अभियानको सुरुवात भएको हो ।

सेवामा प्रविधिको प्रयोग
कार्यालयले अनलाइन नागरिकता, टोकन प्रणाली, राहदानी दस्तुरका लागि ई-सेवामा आबद्धता, कनेक्ट आईपीएसको प्रयोग, मुद्दाको द्रुत निस्तारण, कार्यालय परिसरमै राहदानी तथा राष्ट्रिय परिचयपत्र फाराम भर्ने सुविधा जस्ता कार्य गर्दै आएको छ । यसले सेवाग्राहीलाई सहज र पारदर्शी अनुभव दिलाएको कार्यालयको दाबी छ ।

यस्तै, नागरिकलाई स्थानीय स्तरमै सुविधा दिन धनुषाधामस्थित केन्द्रमा इलाका प्रशासन कार्यालय स्थापना अन्तिम चरणमा पुगेको छ । यसमार्फत सबैला, गणेशमान चारनाथ, हसपुर, मिथिला बिहारी र धनुषाधाम नगरपालिकाका करिब २ लाख ५० हजार बासिन्दाले असोजदेखि प्रत्यक्ष लाभ पाउनेछन् ।

दैनिक कार्यभार
धनुषा प्रशासनले दैनिक रूपमा औसत ३०० नागरिकता प्रमाणपत्र, १२० राहदानी, १५० भन्दा बढी राष्ट्रिय परिचयपत्र, १२० भन्दा बढी सिफारिस र ७० ठाडो उजुरीको कार्यसम्पादन गर्दै आएको छ । 

त्यस्तै, करिब २० मुद्दा दर्ता तथा फैसला गर्ने र अन्य बजार अनुगमनसमेत गरिरहेको छ । यसरी दैनिक ८०० हाराहारी सेवाग्राही कार्यालयमा आउने गरेको छ ।

चुनौती र प्रतिबद्धता
सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहालका अनुसार सीमित जनशक्ति, पूर्वाधार र दक्षतामा कमी हुँदा कार्यसम्पादन चुनौतीपूर्ण बनेको छ । तर पनि सेवालाई छिटोछरितो, मितव्ययी र विश्वासिलो बनाउन कुनै कसर नराखिने उनको भनाइ छ । 

प्रविधिको अवलम्बन, कर्मचारीको नैतिकता र उच्च मनोबलमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने दिशामा कार्यालय अघि बढेको उनले प्रशासनलाई बताए ।