काठमाडौँ । राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ लिस्ती घर भई काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय निमा छिरिङ शेर्पा, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-४ जुबु घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने ४२ वर्षीय कृष्ण बहादुर गुरुङ र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ ज्यामिरे घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ५२ वर्षीय राम बहादुर गुरुङ रहेका छन्।
काठमाडौँको चमती वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) राजस्व छली भण्डारण तथा सञ्चय गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चमतीस्थित गोदामबाट विभिन्न कम्पनीका विद्युतिय चुरोट (भेप) ३ हजार ८ सय ५ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।







