२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभामा ४९ जना मात्रै उपस्थीत, गणपूरक संख्या नपुगेपछि बैठक स्थगित

अ+ अ-

काठमाडौँ । २७४ सदस्यीय प्रतिनिधि सभामा ४९ जना मात्रै उपस्थीत भएको पाइएको छ । 

प्रतिनिधि सभामा हाल २७४ जना सदस्य रहेका छन् । ४ मंसिर २०७९ मा रुपन्देही-३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएपछि उक्त स्थान रिक्त छ ।

बाँकी २७४ जना प्रतिनिधि सभामा छन् । तर, बुधबार प्रतिनिधि सभाले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ अगाडि बढाउन सकेन । विधेयक अगाडि बढाउन आवश्यक एक चौथाइ सांसद अर्थात् ६९ जना समेत सभामा भेटिएनन् ।

प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरे ।

सभामुखले तीन मिनेट घण्टी बजाएर गन्दा जम्मा ४९ जना सांसद मात्रै भेटिए । ४९ जना पनि सबै सभाकक्षमा थिएनन् । सभामुखले घण्टी बजाएपछि सभाकक्षमा प्रवेश गरेका थिए ।

‘तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्दा यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ४९ रहेकोले गणपूरक संख्या नपुग भएको देखिएकोले आजको कार्यसूचीको बाँकी कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँदछु,’ सभामुख घिमिरेले सभामै भने । यति भनेर सभामुख घिमिरेले बिहीबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित गरिदिए ।

नेपालको संविधानको धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।