काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेबाट सुरु भएको हो ।
प्रतिनिधि सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने छन् ।







