२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडा निर्विरोध

अ+ अ-

काठमाडौँ । रिक्त रहेको संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाको मात्रै मनोनयन दर्ता भएको छ ।

उक्त समितिका सभापति इश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भएपछि रिक्त रहेको सुनुवाइ समितिको सभापतिमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

संघीय निजामती सेवा विधेयमा ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

राजीनामा दिए लगत्तै उनी संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएका थिए । मनोनीत भए लगत्तै सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता गर्न आव्हान भएकोमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रस्ताव रहेको खतिवडाको मनोनयनमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला समर्थक रहेका छन् ।

समितिको सभापतिमा मनोनयन दर्ताका लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार बिहीबार अपराह्न ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय सीमा तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ ।