२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कङ्गोमा इबोलाको नयाँ प्रकोप, १५ जनाको मृत्यु

अ+ अ-

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन् । इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोका स्वास्थ्य मन्त्रीले बिहीबार बताए । 

राजधानी किन्शासामा पत्रकारहरूसँग कुरा गर्दै स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताए।

मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्यु भएको थियो ।

अपुस्ट तथ्याङ्कअनुसार किन्शासामा इबोला सङ्क्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो सङ्क्रमण अगस्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो ।

काम्बाले भने, “यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो।” पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसले गर्दा अत्यधिक रक्तस्राव हुन्छ र अङ्गहरू बिग्रन्छन्।

सन् २०१८ देखि २०२० को बीचमा १० करोडभन्दा बढी जनसङ्ख्या रहेको कङ्गोमा सबैभन्दा घातक प्रकोपका कारण करिब दुई हजार ३०० जनाको मृत्यु भएको थियो । इबोलाका छ प्रजाति छन् ।

स्वास्थ्य अधिकारीहरूले नयाँ प्रकोप खोप उपलब्ध भएको जाइरे स्ट्रेनको नयाँ प्रकोप भएको बताएका छन्।

काम्बाले भने, “भाग्यवस हामीसँग जायर स्ट्रेनको भ्याक्सिन छ तर यसलाई प्रयोग गर्न हामीले लजिस्टिक सुनिश्चित गर्न आवश्यक छ।”

फ्रान्सको आकारभन्दा चार गुणा ठूलो कङ्गोमा प्राय: सीमित र खराब सञ्चार च्यानलसहित कमजोर पूर्वाधार छ ।