२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा दिवसका अवसरमा वृक्षारोपण

अ+ अ-

काठमाडौँ । निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।

मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा ऊर्जा मन्त्री खड्काले सुशासन कायम गरी छिटोछरितो रूपमा आमनागरिकलाई सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्ने बताए। उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दै गर्दा दायित्वलाई नबिर्सनसमेत आग्रह गरे । 

ऊर्जा मन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेङ्गी नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताए । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने भन्दै यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो । 

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढङ्गले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताइन् । मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको उनले बताइन् । 

कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलगायतको सहभागिता थियो ।