२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनको जालो तोडेका पर्सा प्रहरी प्रमुख मिश्र सम्मानित 

अ+ अ-

काठमाडौँ । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस भाद्र २० को अवसरमा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र सम्मानित भएका छन् । 

७७ वटा जिल्ला मध्ये भएको प्रतिस्पर्धामा मानव बेचबिखन विरुद्ध खरो उत्रिएको पर्सा प्रहरी प्रमुख मिश्रले बाजी मारेका हुन् ।

मानव बेचबिखन एउटा एउटा गम्भीर अपराध हो । वर्ष भरी प्रहरीले गरेको मानव बेचबिखन विरुद्धको कार्य विवरणका आधारमा महिला तथा बालबालिका मन्त्रालयको छनौट समितिले उत्कृष्ट जिल्ला छनौट गर्ने परम्परा अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा प्रथम स्थान प्राप्त गरी सम्मानित  भएको हो । 

प्रहरी उपरीक्षक गौतम मिश्र ७ महिना अगाडि जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि मानव बेचबिखन सम्बन्धी कसुरको विरुद्धमा दह्रो अभियान नै छेडेका थिए । 

उनी हाजिर भए पश्चात् १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ गरी सफल अनुसन्धान, करिब ३०० जना जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई सकुशल उद्धार गरी मानव बेचबिखन सम्बन्धी ३५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न सरोकारवाला निकायहरूसँग समय समयमा गरिएका अन्तरक्रिया कार्यक्रमले समग्र जिल्लामा यस्ता किसिमका अपराधहरूको न्यूनीकरण गर्नुका साथै कानूनी दायरामा ल्याउन अहम् भूमिका खेलेका छन् ।