२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना, प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।

लेखनाथ उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारण सभा एवं १५औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक हुने बताए।

देशमा जे चिजको सम्भावना छ त्यसको खोजी गरी आर्थिक उपार्जन तिर लाग्न व्यवसायीलाई आग्रह गर्दै उनले निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले निष्ठा, इमानदारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव भएको धारणा राखे। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राखे । त्यसका लागि केन्द्रीयस्तरबाट लगानीमैत्री वातावरण सृजना गरिनुपर्ने उनको भनाइ छ ।

युवा शक्ति विदेशिने समस्याको समाधान रोजगार सिर्जना भएको बताउँदै उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभा हलको आवश्यकता रहेको बताए ।

कास्कीका जिल्ला प्रमुख अधिकारी रुद्रादेवी शर्माले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयात विस्थापित गर्ने कार्ययोजना अनुसार अगाडि बढ्न सुझाव दिइन् ।

लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रूपान्तरणमा संघको भूमिका स्मरण गराउँदै विसं २०७८ मा स्थापना गर्नुभएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ पोखरा–३२ राधाकृष्ण शान्ति आश्रमका पीठाधिश मुकुन्दशरण उपाध्यायलाई प्रदान गरियो । सो पुरस्कार राशि रु एक लाख एक हजार रहेको छ ।