काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिमा १४ जनाको आवेदन परेको छ । प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र १४ जनाको नामबाट आवेदन प्राप्त भएको हो।
आवेदन दिनेमा ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौँका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौँका विष्णुबाबु मिश्र, काठमाडौँका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा. दामोदर बसौला, काठमाडौँका चिन्तामणी शिवाकोटी, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकालको आवेदन परेको छ।
त्यस्तै, लमजुङका प्राडा दीपकबहादुर भण्डारी, काठमाडौँका डा. राजेन्द्र पण्डित, दाङका यज्ञप्रसाद न्यौपाने, काठमाडौँका रमेशकुमार भट्टराई र भक्तपुरका महेश्वर न्यौपानेको आवेदन परेको हो।
सिफारिस समितिले आवश्यक छानबिनपछि योग्य उम्मेदवारको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । त्यसपछि नेपाल सरकारको निर्णयअनुसार बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्त हुनेछ ।







