२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग सामाजिक सञ्जाल बन्द र जेन जेड पुस्ताको प्रदर्शनका विषयमा सोमबार छलफल गरेका छन् ।

सभापति देउवालाई उनको निवास बुढानीलकण्ठमा पुगेर महामन्त्री थापा र शर्माले चार बुँदे प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमा सभापति देउवा सकारात्मक रहेको काँग्रेस स्रोतले जानकारी गराएको छ ।

महामन्त्री थापा र शर्माले जेन जेड पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो लगायतमा सभापतिलाई जानकारी गराएका थिए ।

सामाजिक सञ्जाल बन्दले गर्दा नजिकिएको चाडबाड र संगीत उद्योग एवं डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायी समेतलाई परेको पर्ने हुँदा सरकारी निर्णय फिर्ता गर्नुपर्ने विचार दुई महामन्त्रीले सभापति देउवासँग राखेका थिए ।

सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेर मात्र नहुने र कूटनीतिक प्रक्रिया पनि अघि बढाउनुपर्ने राय महामन्त्री थापा र शर्माले दिएका थिए । जेन जेड पुस्ताको भावना आत्मसात् गर्न सरकार सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने तर्फ दुई महामन्त्रीले सभापतिको ध्यानाकर्षण गराएका थिए ।

सभापति देउवाले दुई महामन्त्रीको सुझावलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज वा भोलि नै संवाद गर्ने जानकारी गराएका थिए । सभापति देउवाले काँग्रेसबाट मन्त्री बनेकाहरूसँग पनि छलफल गर्ने जानकारी गराएका थिए ।