काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।
गोठाटारसहितका विभिन्न क्षेत्रमा निरन्तर आगलागी भइरहेका र अन्य कारणले हवाई सुरक्षामा प्रतिकूल अवस्था सिर्जना भएकाले विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ।
स्रोतका अनुसार आकाशमा रहेका जहाजलाई सुरक्षित रूपमा अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरी विमानस्थल पूर्ण रूपमा बन्द गरिएको हो।







