काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दम्पती घरमै कुटिएका छन् ।
उग्र प्रदर्शनमा उत्रिएका जेन जेड समूहका युवाहरूले देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
यसअघि उनीहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूको आवासमा आगजनी गरेका थिए । त्यस्तै, विभिन्न पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड तथा आगजनी भइरहेको छ ।







