काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोजेका जेन जेड आन्दोलनकारीलाई नेपाली सेनाले फर्काइदिएको छ ।
विमानस्थल प्रवेश गर्न खोजेका जेन जेडका २-३ जना प्रतिनिधिलाई सेनाले भिआइपी कक्षमा लगेर देखाइदिएपछि उनीहरू फर्किएका हुन् ।
अहिले अवस्था नियन्त्रणमा रहेको छ । नेताहरू बिदेसिन लागेको हुनसक्ने आशंकामा आन्दोलनकारी प्रवेश गर्न खोजेका थिए । तर, सेनाले भिआइपीहरू नलुकेको देखाइदिएपछि फर्किएका हुन् ।







