२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु’ : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेन जीको उथलपुथल आन्दोलनपछि अब देश नयाँ शृङ्खलामा प्रवेश गरेको बताएका छन्।

उनले अब नयाँ राजनीतिक भूराजनीतिक घटनाहरू कसरी घट्छन् अहिले नै भन्न नसकिने उनको भनाइ छ।

उनले भनेका छन्, ‘जेन जेड, तपाईँहरूलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरूलाई अरूले लुट्न नपाओस् ।’

भदौ २३ गते नौजवान युवा पुस्ता (जेन जी) ले जुन माग राखेर र जुन आचार संहिताको घोषणा गरेर आन्दोलन आरम्भ गरेका थिए त्यसले सबै नेपालीलाई स्वतःस्फूर्त आकर्षित गरेको थियो । त्यसले उनीहरूको जिम्मेवारी बोधको उचाइसमेत प्रदर्शन गरेको थियो । तर निहत्था र अबोध नौजवानहरूमाथि सरकारले गरेको बर्बरतापूर्ण राक्षसी आक्रमणले सम्पूर्ण राजनीतिक र मनोवैज्ञानिक परिस्थितिलाई हल्लाई दियो ।

वस्तुतः सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्ठालाई बहाना बनाएर हिजो बिहानदेखि देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका जेजस्ता घटना भए ती जनताको स्वतःस्फूर्त आक्रोशले मात्रै भएका थिएनन् भन्ने तथ्य बुझ्न हामीलाई समय लाग्ने छ । यसबाट मुलुकले महाभूकम्प र भारतको नाकाबन्दीकै जस्तो खर्बौँको राष्ट्रिय सम्पत्तिको ध्वंस भएको छ । एकै दिनमा देशभरि लूट, तोडफोड र आगजनीको ताण्डवले हाम्रो राष्ट्रिय मानसपटलमा जुन चोट पुर्‍याएको छ त्यसले हामीलाई दशकौँसम्म झस्काइ रहनेछ ।

प्रधानमन्त्री ओलीको अप्राकृतिक सत्ता लिप्साले गर्दा मुलुकले १० वर्षमा हासिल गर्न सक्ने तीव्र आर्थिक विकास र सामाजिक तथा सांस्कृतिक आधारहरू निर्माणका अवसर गुमाएकै थियो । भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थिरता’ तर्फ धकेलेको छ । दुर्भाग्यवश, एउटा कुरा निश्चित भएको छ कि नेपाल अब फेरि उथलपुथलको नयाँ शृङ्खलामा प्रवेश गरेको छ ।

वस्तुतः भ्रष्टाचार विरुद्ध उठेका नौजवान युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि यो ताण्डवको आरम्भ भएको थियो । अब पर्दा पछाडिका शक्तिहरू नेपाललाई युक्रेन, लिबिया वा बङ्गलादेश बनाउने प्रयास गर्नेछन् भन्ने कुरामा हेक्का नराख्नु आज जीवित रहेको हाम्रो पुस्ताको घोर नालायकी हुनेछ ।

लोकतान्त्रिक स्थिरताका साथ समृद्ध बन्ने नेपाल राष्ट्रको आकाङ्क्षालाई बोक्न सक्ने योग्यता भएको जिम्मेवार नेतृत्वको अभावमा हाम्रा राजनीतिक पार्टीहरू जनताबाट अलग्गिँदै गएका थिए । मैले २०७५ सालको संसद् विघटन लोकतान्त्रिक गणतन्त्रको ओरालो यात्रा हो, यही नेतृत्व रहिरह्यो भने यो नेपाली जातका अझै ठुला दुर्दिन नजिक आउँदै छन् भनेर राजनीतिक समुदायलाई बुझाउने प्रयास गरिरहेँ ।

भ्रष्टाचार नगर्ने सदस्यहरूको पार्टी बिना लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सकिन्न भनेर चिच्याइरहेँ । दलाल पुँजीवादसँग गठजोड गरेको नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनै सक्दैनथ्यो । त्यस सत्यलाई राजनीतिक पार्टीहरूमा स्थापित गर्न सकिएन ।

राजनीतिको मिटर ब्याजमा सत्ताभोग गरिरहेका नेताहरूबाट हामी धेरै पटक पराजित भयौँ जसको मूल्य अहिले मुलुकले तिर्दै छ । देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको लागि दशकौँसम्म बलिदान र त्यागले निर्माण भएका राजनीतिक पार्टीका लाखौँ कार्यकर्ताहरू सामाजिक लफङ्गाहरूबाट लखेटिनु पर्ने भयो । दिनदहाडै मुलुकको चीरहरण हुँदा त्रस्त, हताश, निरुपाय भएर लुक्नु पर्ने भयो ।

मुलुकको यस असाधारण हलचलको अवस्थामा हाम्रो पङ्तिमा हतासा, पलायन, आत्मसमर्पण देखिनु स्वाभाविक हो । तर हरेक क्रान्तिकारी आन्दोलन आफैभित्रका नालायकीमाथि विजय हासिल गर्दै अगाडि बढ्छ । यो धक्का हाम्रो विचारको असफलता होइन, लोकतन्त्र र समाजवादका मूल्यहरूको असफलता होइन, त्याग र बलिदानले बनाएको हाम्रो इतिहासको असफलता पनि होइन ।

यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरूको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मण रेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात् गर्न सक्यौँ भने हामीले हतासा, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । त्यसैले अझ बढी धैर्यता, दूर दृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ ।

नयाँ राजनीतिक-भूराजनीतिक घटनाहरू कसरी घट्छन् अहिले नै भन्न सकिन्न । अहिलेका घटनाक्रम जतिसुकै अप्राकृतिक र असह्य भए पनि यो भन्दा बढी जनधनको क्षति नहोस् भन्ने कुरामा ध्यान दिऊँ । तर राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, हामीले आर्जेका राजनीतिक तथा संवैधानिक व्यवस्थाहरूलाई भत्काउने र हामीलाई असफल मुलुक घोषणा गर्ने प्रयासलाई नजिकबाट अध्ययन गर्दै हाम्रो तर्फबाट खेल्नु पर्ने भूमिकाका लागि तयार रहौँ । हामी समयको परीक्षामा छौँ, सामना गर्न मनसा-वाचा-कर्मणा तयार होऔँ ।

अन्त्यमा, प्रिय नौजवान युवाहरू (जेन जी) ! तपाईँहरूलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरूलाई अरूले लुट्न नपाओस् ।