२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्य थापाको आग्रह : ‘संविधान र संसद्‌बाट नै निकास खोजौँ’

अ+ अ-

काठमाडौँ । एमाले नेता तथा सांसद सूर्यबहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले अविलम्ब राष्ट्रको नाममा सम्बोधन गरेर आम नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन आग्रह गरेका छन् ।

थापाले आज विज्ञप्ति जारी गर्दै अहिलेकै संविधान र सार्वभौम संसद्बाट नै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका छन् ।

‘सरकार बनाउने संसद्ले हो । यो मूलबाटो छाडेर वा बिराएर अथवा भत्काएर देशलाई सही रूपमा अघि बढाउन सम्भव हुने छैन । इतिहासमा कलंकको टीका लगाउने गल्ती कसैबाट नहोस् । यति कुरामा हरेक लोकतन्त्र पक्षधरले ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।

उनले जनताको नासो संसद् विघटनको असंवैधानिक कदममा देशी–विदेशी स्वार्थ समूहहरू सक्रिय रहेको स्पष्ट देखिएको उल्लेख गरेका छन् ।

‘संविधानसम्मत र सार्वभौम संसद्को छलफल एवं निर्णयभन्दा भिन्न ढंगले कोही पनि अघि बढ्न खोज्नु असंवैधानिक मात्र होइन स्वतन्त्रता र मानव अधिकारका लागि पटक पटक भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई कत्लेआम गर्ने कदम हुनेछ,’ उनले भनेका छन् ।

सांसद थापाले अहिलेको आन्दोलनले खोजेको सुशासन र प्रतिनिधित्व प्रणालीमा परिवर्तनको विषयलाई संविधान संशोधनको माध्यमबाट समाधान गर्न सक्ने र संविधानको परिधिभित्र रहेरै जान सकिने अवस्था पनि विद्यमान रहेको बताउनु भएको छ । अहिलेको समस्या संविधान भित्र रहेर सहमतिका साथ अगाडि बढ्नु संवैधानिक र बुद्धिमत्तापूर्ण निर्णय हुने उनको जोड रहेको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू संविधान विपरीतको काम र क्रियाकलापमा सहभागी वा सहमत हुनुभएको छैन र हुनुहुने पनि छैन भन्ने विश्वासमा छौँ । सम्माननीय राष्ट्रपतिलाई यस्तो काम गर्नमा कुनै अवाञ्छित प्रयास कहीँ कतैबाट नहोस्,’ उनले भने ।’