२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर पौडेलको गुनासो-‘छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाएपछि शरणार्थी बन्नुपर्‍यो’

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनको सिकार नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई पनि बनाइएको छ ।

आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमासमेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

जेन जेड आन्दोलन उग्र भए पनि निसानामा सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता परेका छन् । साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिका सम्पत्तिमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको थिए।

सिंहदरवारसहित अधिकांश सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर तोडफोड र आगजनीमा उत्रिए । सोही क्रममा गभर्नर पौडेल पनि ‘टार्गेट’ मा परेका थिए ।

गभर्नर पौडेलले आफ्नो घर जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनको परिवार ‘शरणार्थी’ हुन बाध्य पारिएको गुनासो गरेका छन् ।

‘घरमा किताब र कपडा धेरै भएकाले ढिलोसम्म नै घर जलिरह्यो,’ पौडेलले लेखेका छन्, ‘राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुंगा हानेर र सामान चोरी गरेको भनेर छिमेकीहरूले सुनाए ।’

ललितपुर भैँसेपाटीको घर जल्दै गर्दा पौडेलले आफ्नो घर कसरी निर्माण गरिएको र त्योसँग जोडिएको आफ्नो भावना समेत व्यक्त गरेका छन् ।

पौडेलका अनुसार योजना आयोग उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाइएको घर हो । श्रीमती र ९ वर्षकी छोरीलाई धेरै मन पर्ने भएकाले गभर्नर भएपछि पनि सोही घरमा बस्ने गरेको उनी बताउँछन् । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर कर्मचारीले प्रतिक्रिया जनाउने गर्थे ।

उनले खण्डहर भएको घर सम्झँदै भित्रको सुन्दर बनावट, माथिल्लो तल्लामा किताबै किताब, ईबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देश जाँदा किनेर ल्याएका कलाकृतिको संकलन केन्द्र रहेको बताएका छन् ।

त्यस्तै देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्तिसमेत उक्त घरमा राखेको उनको भनाइ छ । जम्मा ५ सय प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी, छोरीको अत्यन्त मन पर्ने कोठासमेत उनले सम्झेका छन् ।

अस्ति यो घर जल्नु दुई घण्टाअघि नै घर जलेको खबर फैलिएको उनले बताए । घर जलेको भन्ने खबर पुष्टि गर्दा केही भएको थिएन । पछि भने घरभित्र मानिस गए । बाआमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । उनले झनै भावुक हुँदै छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिएको एउटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ, त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिएको उल्लेख गरेका छन् ।

गभर्नरका अनुसार उनकी छोरी र श्रीमती नजिकको छिमेकीको घर गएर सुते । आफू भने अन्तै आफन्तकोमा गएर बास बसेँ । छोरी सुताउनुपर्छ भनेर सधैँ चाँडै घर आउने र कतै डिनर खाने नगर्ने म र मेरो परिवार ‘शरणार्थी’ भएका छौँ ।

आन्दोलनकारीले भैँसेपाटीको घर मात्र नभई उनको पिताले बनाएको चितवनको घरमा समेत आगजनी गरेर खण्डहर बनाइदिएको उनको गुनासो छ ।

धेरै साथीले फोन गरेर सोध्दा आफूले ठिकै छ भन्ने जवाफ दिने गरेको बताए । हिजो राति झनै पीडामा परेका व्यक्तिबारे पढेको उल्लेख गर्दै भने, ‘नयाँ सरकार बन्दै छ । कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।’

www.facebook.com