२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा भएको विध्वंसप्रति काँग्रेस कोशी सभापति थापाको आपत्ति

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जेनजेडको नाममा देशव्यापी विध्वंस मच्याउने व्यक्तिहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले जेन जेड युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका सबै युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन्।

थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको नाममा ऐतिहासिक धरोहर, संघ, प्रदेश तथा स्थानीय तहका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका कार्यालयमा भएको आगजनी र तोडफोड, साथै नेपाली काँग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला तथा क्षेत्रीय कार्यालय र सभापति शेर बहादुर देउवा तथा परराष्ट्र मन्त्री आरजु राणा लगायत नेताहरूमाथि भएको हमलाप्रति गहिरो भर्त्सना व्यक्त गरेका छन्।

उनले भने, “जेनजेड आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रूपमा विध्वंस गरेको हाम्रो बुझाइ हो। अबको सरकारले यस सम्पूर्ण घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ।”

थापाले पार्टीका सबै सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्था र आम नागरिकलाई संयमपूर्वक शान्ति र सुव्यवस्था कायम गर्न अपिल गर्दै भने, “लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू केही हुन सक्दैन। मुलुकको सार्थक हित, शान्ति, सुशासन र समृद्धिको मार्गमा हिँड्न चाहने सबैमा हामी संविधान भित्र रहेर समाधान खोज्न हार्दिक अपिल गर्दछौँ।”