२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न पर्सा प्रशासनको अनुरोध

अ+ अ-

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जेन जेड आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढंगले मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतवार  आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा भएको क्षतिको श्रव्य दृश्यसहितको मुचुल्का र कागजात तयार पार्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । 

‘‘जेन जेड आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपुरणीय क्षति भएका छन्’’, उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउन निर्देश गर्दछु ।’’

प्रजिअ सुवेदीले सरकारी कार्यालयले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आफ्नो कार्यसम्पादन गर्न आह्वान गरे । ‘‘तपाईँहरू कुनै पनि खालको आर्थिक अनियमिततामा संलग्न नभई कन वस्तुपरक भई कार्यसम्पादन गर्नुहुन अनुरोध गर्दछु । सेवाग्राहीलाई कुनै खालका दुःख दिने र सास्ती दिने काम गर्नुहुन्न । कानुनी प्रक्रिया पुगेको कामलाई यो वा त्यो बहानामा दुःख दिने काम नगर्नुहोला’’, प्रजिअ सुवेदीले भने । उनले सरकारी कार्यालयले आफ्नो कार्यालय र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन अनुरोध गरे ।