काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङ जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् ।
कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतल निवासमा शपथ लगत्तै उनी घाइते भेट्न हिँडेका हुन् ।
उनले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रूप लिने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।







