२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुसपैठकै कारण देउवा दम्पतीमाथि आक्रमण भएको काँग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

अ+ अ-

काठमाडौँ। नेपाल काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई लोकतन्त्र विरोधी तत्वको घुसपैठका कारण भएको ठहर गर्दै त्यसको घोर भर्त्सना गरेको छ । दलको बैठकले दोषीलाई तत्काल कडा कारबाही गर्न माग गरेको छ ।

मुख्यमन्त्रीसमेत रहेका दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बसेको बैठकले जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नलाई छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । साथै सरकारलाई एकता, पुनर्निर्माण र जिम्मेवार कदम चाल्न आग्रह गरिएको छ ।

बैठकले भाद्र २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका नागरिक, प्रहरी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै, देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, लुटपाट, आगजनी र तोडफोडका घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरिएको छ ।

बैठकले जेन–जी र युवाले उठाएका भ्रष्टाचारमुक्त समाज निर्माण तथा भ्रष्टाचारविरुद्धका उचित मागलाई सम्बोधन गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ । साथै वर्तमान परिस्थितिलाई गम्भीर ठहर गर्दै सबैलाई एकजुट भई पुन:निर्माणमा जुट्न अपिल गरिएको छ ।