२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीद्वारा क्षतिग्रस्त कार्यालयको निरीक्षण

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन जेड आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् । 

अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका कार्यालयहरूमा ठूलो क्षति पुगेको बताए । उनले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दसैँअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिए । 

मुख्यमन्त्री कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षतिको घटना भएको स्मरण गर्दै आजैदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गरे । उनले असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णयहरू गर्ने जानकारी दिँदै घटनाका विषयमा छानबिन गरी दोषी माथि कारबाहीको माग गरे । 

छलफलमा कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी गराएकी थिइन्। आन्दोलनका क्रममा कोशी प्रदेशमा भवन र सवारीसाधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको पाइएको हो । 

यस आन्दोलनबाट कोशी प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त भएका छन् । जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त छन् भने २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको छ भनिएको छ ।

आन्दोलनकारीले प्रदेश सरकारको २३७ वटा सवारीसाधनमा क्षति क्षति पुर्‍याएको पाइएको छ । जसमा ७५ वटा चारपाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ । त्यसमध्ये ६४ वटा चारपाङ्ग्रे सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त भएका छन भने ११ वटामा आंशिक क्षति भएको छ । 

यसैगरी १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १४४ वटा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिइए।

क्षतिको विवरण
जेन जेड आन्दोलनको क्रममा मोरङमा १५५ वटा संचरना ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार संघीय कार्यालयतर्फ २१ वटा, प्रदेश कार्यालयतर्फ १४ वटा, स्थानीय (पालिका भवन) १० वटा, वडा कार्यालय ५८ वटा, निजी घर १५ वटा, संस्थान (कर्मचारी सञ्चय कोष) एक वटा, व्यापारिक भवन तीन वटा, अन्य संघसंस्था चार वटा, राजनीतिक पार्टी कार्यालय आठ वटा आन्दोलनको क्रममा ध्वस्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

यस्तै, जनपथ प्रहरीका १७ वटा पोष्ट तथा कार्यालय र सशस्त्र प्रहरीका चार वटा पोष्टमा पनि क्षति भएको बताइएको छ ।