२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

अ+ अ-

बागमती । जेन जेड आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ ।

परिस्थिति सामान्य बन्दै गएपछि यही भदौ २४ गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी जुटेको हो । सिसिटिभी फुटेज, सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा प्रहरीले विभिन्न सरकारी कार्यालयबाट चोरी तथा लुटिएका सामान खोज्न सुरु गरेको छ । सामान खोजतलास गर्ने क्रममा फेला पारेको कम्प्युटर, प्रिन्टर, कुर्सी, फोटोकपी मेसिनलगायत सामान सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार खोजतलासका क्रममा हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चोरी तथा लुटिएका कम्प्युटर चार थान, दराज तीन थान, प्रिन्टर तीन थान, फोटोकपी मेसिन एक थान, कुर्सी छ थान, इन्भटर एक थान, फ्रिज एक थान, ब्याट्री चार थान, स्पिकर सेट ३१ थान, पङ्खा र हार्ड डिक्स एक–एक थान नियन्त्रणमा लिई सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको छ । 

त्यसैगरी, बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट चोरी तथा लुटिएका कम्प्युटर तीन थान, ल्यापटप, टुल कुर्सी र इन्डक्सन चुलो एक-एक थान तथा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट चोरी तथा लुटिएका कम्प्युटर पाँच थान, कुर्सी तीन थान, प्रिन्टर, र्याक र इलेक्ट्रिक जग एक–एक थान नियन्त्रणमा लिई सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको प्रवक्ता अर्यालले बताए । 

अन्य कार्यालय तथा निकायबाट चोरी तथा लुटिएका सामानको खोजी भइरहेको उनको भनाइ छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते बागमती प्रदेश सरकारका १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले प्रदेश प्रमुख सचिवको निजी निवास, सरकारी वकिल, नापी, मालपोत कार्यालय, उच्च अदालत पाटन हेटौँडा इजलास, लोकसेवा आयोग, यातायात सेवा कार्यालय, जिल्ला अदालत, अख्तियार दुरुपयोग आयोग हेटौँडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका थिए । 

प्रदर्शनकारीले हेटौँडा उपमहानगरपालिका-२ स्थित भाटभटेनी सपिङ कम्प्लेक्स, हेटौँडा उपमहानगरपालिका-५ स्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, कार्यालय, हेटौँडा-४ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एकालाल श्रेष्ठको घर, हेटौँडा-५ स्थित अजयराज सुमार्गीको घरमा पनि आगजनी गरेका थिए ।