२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी कार्यालयहरूको मर्मतमा जुटे स्थानीयवासी

अ+ अ-

भक्तपुर । जेन जेड प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरू स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।  

जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छ भने कतिपय प्रहरी प्रभाग एवं चौकीहरू स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ । 

चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाइ गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । 

सूर्य विनायक नगरपालिका–८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चार दिनदेखि सफाई र प्लाष्टर गरिरहेका छन् । 

प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । “हामी वडावासी, व्यवसायी, नागरिक समाजबाट आर्थिक सहयोग जुटाएर प्रहरी वृत्तलाई पुरानै अवस्थामा ल्याउन जुटिरहेका छौँ, आजसम्म जलेका भाग पन्छाइयो, कालो पखालेर प्लाष्टर गर्ने, चिप्स राख्ने काम गरिरहेका छौँ”, उनले भने ।

प्रहरीले यहाँको सेवा प्रहरी प्रभाग डोलेश्वरको भवनबाट दिइरहेको छ । आगजनीबाट सूर्य विनायक–७ गुण्डु प्रहरी चौकीको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीयकै सहयोगमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । कटुञ्जेको सामुदायिक प्रहरी कार्यालय पनि स्थानीयको सहयोगमा मर्मत भइरहेको छ । 

चाँगुनारायण नगरपालिका–८ स्थित प्रहरी चौकी सुडालको भवन आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि वडाध्यक्ष जनक खत्रीको नेतृत्वमा स्थानीयबाट संकलित रकमबाट मर्मत भइसकेको छ । 

चाँगुनारायण प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत सुरु गरेका छन् । वडा नं. १ सरस्वती खेलमा रहेको प्रहरी युनिटको कार्यालय मर्मत गरी सञ्चालन गरिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।

मध्यपुरथिमिस्थित प्रहरी वृत्त भवन मर्मत भइरहेको छ । अभियन्ता अनिश वैद्यको नेतृत्वमा सरसफाइ र मर्मत भइरहेको हो । अभियन्ता वैद्यले भने, “प्रहरी वृत्त थिमिको गेट नै फेरेका छौँ, अहिलेसम्म नौ लाख भन्दा बढी आर्थिक सहयोग स्थानीय नागरिक एवं दाताबाट संकलन भएको छ । करिब २५ देखि ३० लाख खर्च हुने अनुमान छ ।”

स्थानीयले सानो ठिमी प्रहरी प्रभागको मर्मतसँगै रङ्गरोगन गरी हस्तान्तरण गरेको छ भने मनोहरा किनारमा रहेको दिश्वश्वरी प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत गरी हस्तान्तरण गरिएको छ ।