२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई हाजिर नगराउन अर्थ मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न/नगराउन अर्थ मन्त्रालयले लिखित निर्देशन दिएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार ओझाले अदालतबाट पाएको अन्तरिम आदेशसम्बन्धी पत्र मन्त्रालयमा आधिकारिक रूपमा नआएकाले अर्को निर्णय नहुँदासम्मका लागि प्राधिकरणमा हाजिर नगर्न/नगराउन निर्देशन गरिएको हो।

अघिल्लो सरकारले भदौ २ गते ओझालाई पदमुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका ओझालाई न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले भदौ २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशपछि मंगलबार ओझा प्राधिकरण पुगेर हाजिर भएका थिए।

आज बिहीबार बिहान १० बजे प्राधिकरण पुगेका ओझाले दिउँसो १ बजे बिमा कम्पनीका सीईओहरूसँग आन्दोलनका क्रममा भएको क्षति सम्बन्धमा छलफल गर्न बैठक समेत डाकेका थिए। तर, यी गतिविधिबारे जानकारी पाएपछि अर्थ मन्त्रालयले तत्कालै पत्र काटेर ओझालाई कार्यालय नगइकन/नपठाइ प्राधिकरणमा हाजिर नगर्न/नगराउन निर्देशन दिएको हो।

भदौ २३ को आदेशमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउने उल्लेख गरेको छ।