२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनका क्रममा दार्चुलाका आठ वटा कार्यालयमा क्षति

अ+ अ-

दार्चुला । दार्चुलामा ‘जेन जेड’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार हालसम्म आठ वटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण भने हालसम्म संकलन हुन सकेको छैन । 

गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रदर्शनका क्रममा काँग्रेसको पार्टी कार्यालयमा रु ६५ हजार नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयमा रहेको सहिद प्रतिष्ठानमा करिब रु. ९९ हजार बराबरको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको प्रजिअ पौडेलले जानकारी दिए । 

“जिल्ला कारागार कार्यालयमा दुई वटा सिसी क्यामेरासहित करिब रु ५१ हजार ५०० बराबरको क्षति पुगेको छ । गोकुलेश्वर अस्पतालमा क्षति पुर्‍याए पनि कति लागत बराबर क्षति पुग्यो भनेर विवरण पेस भएको छैन”, उनले भने ।

गत भदौ २६ गते दुहुँ गाउँपालिका-३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ । वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुगेको छ । वडा कार्यालयमा रु ७२ लाख छ हजार ७०० बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका-२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो । प्रजिअ पौडेलका अनुसार तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण सामान नष्ट गरिए पनि क्षतिको रकम खुलाइएको छैन । 

लेकम गाउँपालिका-५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका प्रशासनले जनाएको छ । प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उनले उल्लेख गरे।