२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईबी प्रमुखमा मनोज केसी नियुक्त

अ+ अ-

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त भएका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी एआइजी केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अगाडि बढाएका प्रहरी अधिकारी केसीलाई नेपाली काँग्रेसको दबाबका कारण जिम्मेवारीबाट हटाइएको थियो। 

उनले नेतृत्व गरेको टोलीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाईसमेत पक्राउ गरेपछि असन्तोष देखिएको एमाले–काँग्रेसको सत्ता गठबन्धन सरकारले उनलाई प्रभावकारी पदमासमेत नपठाई उनी प्रदेश समन्वय विभागमा राखिएको थियो । 

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेको आरोपमा पक्राउ गरेको थियो। उनीहरूको बयानपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूसमेत प्रकरणमा संलग्न रहेको तथ्य बाहिर आएको थियो।

यसअघि सीआईबी प्रमुख रहेका चन्द्र कुबेर खापुङ प्रहरी महानिरीक्षक (आइजिपी) बनेसँगै ब्युरो प्रमुख रिक्त रहँदै आएको थियो ।