काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जेड आन्दोलनमा आफ्नो पनि घर जलाइएकोप्रति दुःख र आक्रोश प्रकट गरेका छन् ।
आफूले अमेरिकामा कमाएको पैसाले घर जोडेको र भ्रष्टाचार नगरेको उनको भनाइ छ ।
अमेरिकामा आफूले छात्रवृत्तिमा पढेको र सँगै गएकी पत्नीले काम गरेर पैसा कमाएको महतले सम्झिए । यसकै लगानीबाट भएको आम्दानीले अरु चिज थपेको बताए ।
डा. महतले भने, ‘लुटेर, ठगेर, बदमासी गरेर पैसा कमाएको होइन । जहिले जहिले पदमा पुगेँ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेको छु ।’







