काठमाडौँ । जेन जेडको आन्दोलनको क्रममा फरार भएका एक जना कैदी पशुपतिबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जितपुर घर भएका ४५ वर्षीय रवि चौधरी रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले पशुपतिमा आफ्नै बुढीको हत्या गरी जलाएर ब्लेंकेट्ले छोपेर फरार भएका थिए । सोही समयमै उनलाई पक्राउ गरी सर्वोच्च अदालतले जन्म कैद सजाय सुनाएका थिए । अदालतको आदेशपछि चौधरीलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको थियो ।
यसअघि चौधरीले कारागारमा छ वर्ष बिताइ सकेका छन् ।







