काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको अपिल गरेका छन् ।
बिहीबार एक भिडियो सन्देशमार्फत उनले जेनजेड विद्रोहपश्चात् बदलिएको राजनीतिक अवस्थालाई मनन् गर्दै पुनर्गठनको अभियानमा सबैलाई साथ दिन आग्रह गरेका हुन् ।
‘इतिहासका हरेक संकटका घुम्तीमा हामी पुनः गठित भएका छौँ भन्ने सत्यलाई स्वीकार गर्न जरुरी छ,’ भट्टराईले भने, ‘त्यसैले आत्म भर्त्सना बन्द गरौँ, आत्म समीक्षा दृढतापूर्वक गरौँ ।’







