२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय छ’ : पूर्वन्यायाधीश लाल

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले परोपकार संस्थाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको धारणा राखेका छन् ।

आज यहाँ आयोजित परोपकार संस्थाको ७९औँ स्थापना दिवस एवं प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कङ्साकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले परोपकार संस्थाले दिएको शिक्षाका कारण अधिकांश विद्यार्थी अहिले सरकारी क्षेत्रको उच्च तहमा पुगेको बताए ।

उनले भने, “परोपकार संस्थाको योगदान अतुलनीय छ । यस संस्थाबाट शिक्षा प्राप्त गरेका विद्यार्थी अहिले सरकारी तथा विभिन्न प्रतिष्ठित संस्थामा उच्चपदमा कार्यरत छन् । यो संस्था केवल एउटा शैक्षिक संस्था नभई समाज रूपान्तरणको अग्रणी आधार हो ।”

पूर्वन्यायाधीश लालले यस संस्थामा आफूलाई प्रवेश गराउने तत्कालीन प्रधानाध्यापक हितकरवीरसिंह कङ्साकारको ठूलो योगदान रहेको स्मरण गर्दै उहाँलाई धन्यवादसमेत व्यक्त गरे । उनले भने, “दयावीरसिंहजस्ता व्यक्तित्वहरू समाजका लागि प्रेरणाको स्रोत हुन् । यस्ता व्यक्तिहरूको जीवनी पढ्दा हामीमा समाजप्रतिको जिम्मेवारी बोध थप बलियो हुन्छ ।”

परोपकार संस्थाका अध्यक्ष हितकरवीरसिंह कङ्साकारले यस संस्थाले अनाथ बालबालिकाको शिक्षादेखि अन्य सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रममा प्रा. हरिप्रसाद पराजुलीद्वारा लिखित पुस्तक लोकार्पण गर्नुका साथै लेखकलाई सम्मानसमेत गरिएको थियो । परोपकार संस्थाको विगतदेखि वर्तमानसम्मको योगदान, दयावीरसिंह कङ्साकारको जीवन दर्शन तथा प्रा पराजुलीद्वारा लिखित पुस्तकको लेखकीय उद्देश्यबारे विस्तृत चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, विशिष्ट व्यक्तित्वहरू, शिक्षक, समाजसेवी, लेखक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।