हुम्ला । चङ्खेली गाउँपालिकामा नदीमा हाम फालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्ट्याटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका-४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हाम फालेको अनुमान गरिएको छ ।
प्रहरी सहायक निरीक्षक शंकर पोखरेलले थानीयले नदीमा गएको भन्ने खबर दिएको र हालसम्म अवस्था अज्ञात रहेको बताए । जानकारी आए लगत्तै पिप्लाङ प्रहरी चौकीले खोजी सुरु गरे पनि भेटाउन नसकिएको उनले जानकारी दिए ।
बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको जनाइएको छ ।







