२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस भएको समाचारप्रति आपत्ति जनाएको छ। भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ।

एमाले केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैँको अवसर पर्खेर गरिएको यो कदम राजनीतिक प्रतिशोधयुक्त भएको आरोप लगाइएको छ। सचिवालयले यसप्रकारका प्रतिशोधपूर्ण निर्णयले आयोगकै विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको पनि जनाएको छ।

त्यस्तै, भदौ २४ गतेको विध्वंसकारी घटनामा संलग्न दोषीहरूमाथि कुनै कारबाही नगर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई दिएको निर्देशनमाथि पनि एमालेले आपत्ति जनाएको छ। विज्ञप्तिमा सो निर्देशनले अपराध अनुसन्धान गर्ने प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप गर्नुका साथै अपराधीलाई उन्मुक्ति दिनेजस्तो आपत्तिजनक मनसाय बोकेको उल्लेख गरिएको छ।

पार्टीले नेपाल प्रहरीलाई निर्बाध ढंगले काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।

यसैबीच, पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न एमाले केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने जानकारी दिइएको छ भने बैठकअघि असोज १९ र २० गते केन्द्रीय सचिवालयको अर्को बैठक काठमाडौँमै बस्ने पनि विज्ञप्तिमा उल्लेख छ।