२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विजया दशमी : मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै, शुभ साइत बिहान ११:५३ बजे

अ+ अ-

काठमाडौँ । आज (आश्विन शुक्ल दशमी) दुर्गा पक्षको मुख्य दिन अर्थात् विजया दशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ ।

नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी ठुलाबडा तथा मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँघरमा घटस्थापनादेखि गरिएको पूजा आराधना आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजेको शुभ साइत उत्तम रहेको जनाएको छ । देवी विसर्जनको साइत बिहान ९:२३ बजे तोकिएको छ ।

समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले साइत नहेरी दिनभर टीका प्रसाद ग्रहण गर्न सक्नेछन् । तर, राज्य सञ्चालकका लागि भने तोकिएको साइतमै टीका लगाउनुपर्ने परम्परा रहेको छ । शास्त्रीय वचनअनुसार राज्य सञ्चालकले साइतमै टीका ग्रहण गर्दा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने भएकाले साइत दिइने गरिएको हो । 

नवदुर्गाको स्थापना गरिएको स्थानमा नित्य पूजा गरी नौ दिनसम्म गरिएको आराधनापछि आश्विन शुक्ल दशमीको दिन देवीको प्रसाद स्वरूप टीका, जमरा ग्रहण गरी दुर्गा भवानीको शक्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था पनि परम्परागत रूपमा रहेको छ । टीका लगाउँदा पूर्व फर्केर लगाउनु पर्ने हुन्छ । 

विजया दशमी असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व हो । मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजय प्राप्त गरेको वा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको स्मरणमा मनाइने यो पर्व हिन्दु सनातन धर्मावलम्बीहरूको महान् पर्वका रूपमा स्थापित छ ।