२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरक्कोमा युवाको नेतृत्वमा सरकारविरोधी आन्दोलन तीव्र

अ+ अ-

रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा सुरु भएको सरकारविरोधी आन्दोलन झन् तीव्र बन्दै गएको छ। अघिल्लो रात सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको आशङ्का बीच बिहीबार साँझ पनि कम्तीमा एक दर्जन सहरमा प्रदर्शन निरन्तर जारी रह्यो।

प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन्। धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन्। राजधानी रबातदेखि व्यावसायिक केन्द्र कासाब्लान्कासम्म युवाहरूको ठूलो भीड सडकमा उत्रिएको छ।

आन्दोलनका माग र नाराहरू
सुरुमा शान्तिपूर्ण रहे पनि केही ठाउँमा आन्दोलन हिंसात्मक बनेको छ। बुधबार मात्र बैंक लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट भएको थियो। त्यही क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।

मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष मुख्यतया सरकारतर्फै केन्द्रित छ। बिहीबारको प्रदर्शनमा सयौँ युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकार हटाऊ’ भन्ने नारासहित राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्रीको प्रतिक्रिया
प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै मृतकप्रति शोक व्यक्त गरे। सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै उनले सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गरे ।
“संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशका समस्याहरू समाधान गर्ने एक मात्र बाटो हो,” उनले भने ।

हिंसा र क्षतिको विवरण
गृह मन्त्रालयका अनुसार तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा तीन युवाको मृत्यु भएको हो। मन्त्रालयले उनीहरू प्रहरीको हतियार खोस्ने प्रयासमा मारिएको दाबी गरेको छ, तर प्रत्यक्षदर्शीहरूले यसलाई पुष्टि गर्न सकेका छैनन्।

उक्त भिडन्तमा ३५४ जना घाइते भएको बताइएको छ, जसमा धेरैजना सुरक्षाकर्मी रहेको मन्त्रालयको दाबी छ। तेइस प्रान्तमा सयौँ कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएका छन्। मन्त्रालयले करिब ७० प्रतिशत प्रदर्शनकारी नाबालिग रहेको अनुमान गरेको छ।

‘जेन जेड २१२’ आन्दोलन
जनरेशन जेड २१२ नामक नेतृत्वविहीन समूहले आन्दोलन आयोजना गरेको हो। इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ।

प्रदर्शनकारीहरूले स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोड्दै आलोचना गरेका छन्। उनीहरूले सन् २०३० को विश्वकप आयोजनामा अर्बौँ डलर खर्च भइरहे पनि विद्यालय र अस्पताल अभावग्रस्त रहेको आरोप लगाए।
‘स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सबैभन्दा चर्चित बनेको छ। अर्को चर्चित नारा थियो– ‘स्टेडियमहरू तयार छन्, तर अस्पताल कहाँ छन्रु’

हालै अगादिरको एक सार्वजनिक अस्पतालमा आठ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको छ।

व्यापक असमानताप्रति आक्रोश
मोरक्को आर्थिक विकासतर्फ अघि बढिरहेको भए पनि समाजमा गहिरो असमानता विद्यमान छ। ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था कमजोर छ, रोजगारीको अवसर न्यून छ र यही कारण युवाहरू आक्रोशित भएका छन्।

जनरेशन जेड २१२ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ–“स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनको अधिकार केवल नारा होइन, यो हाम्रो गम्भीर माग हो।”

गिरफ्तारी र झडप
देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। मानव अधिकार संस्थाहरूका अनुसार पक्राउ परेकामध्ये धेरै नाबालिग छन्। केहीलाई सादा पोशाकमा रहेका सुरक्षाकर्मीले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिएको देखिएको छ।

आयोजकहरूले आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे पनि कतिपय सहरमा स्थिति नियन्त्रणबाहिर गएको छ। डिस्कोर्डमार्फत जारी सन्देशमा आयोजकहरूले ‘दमनकारी सुरक्षा दृष्टिकोण’ को निन्दा गर्दै प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका थिए। तर प्रत्यक्षदर्शीहरूका अनुसार, धेरै स्थानमा ढुङ्गामुढा, आगजनी र सरकारी भवन तोडफोड भएका छन्।

अन्तर्राष्ट्रिय तुलना
विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई हालै नेपाल, केन्या र मेडागास्करमा देखिएका युवानिर्देशित आन्दोलनसँग तुलना गरेका छन्। यी आन्दोलनहरूको मूल केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष, असमानता र आधारभूत सेवाप्रतिको माग रहेको देखिन्छ। एपी