२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले कार्यकर्ताहरूलाई भन्यो : ‘ विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहनु’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले बाढी-पहिरोको जोखिम बढेको भन्दै सरकार, राजनीतिक दल र नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

काँग्रेसले आफ्ना सबै तहका कार्यकर्तालाई समेत आफू कार्यरत क्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान गरेको छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा प्रणालीले ठुलो जोखिम निम्त्याउने सम्भावना भएकाले समयमै तयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेका हुन् ।

पौडेलले गत वर्ष असोज १२ मा जनधनको ठुलो क्षति भएको र यस वर्ष भदौ २३(२४ को घटनाले देशलाई अझै मर्माहत बनाएको स्मरण गर्दै पुनः ठुलो विपद् दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा विपद् व्यवस्थापनका लागि सात बुँदे सतर्कता सुझाइएको छ । त्यसअनुसार यात्रुहरूलाई समयमै सूचना दिने, सरकारका निर्देशन पालना गर्ने, जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थलतर्फ सार्ने, पहाडी सडक मार्ग आवश्यक अवधिसम्मका लागि बन्द गर्ने, यात्रु तथा स्थानीयलाई सहजताका लागि स्थानीय तह र स्वयंसेवीलाई सक्रिय गर्ने, साधन–स्रोत तयारी अवस्थामा राख्ने र जोखिम क्षेत्रमा अन्य गतिविधि केही दिनका लागि स्थगित गर्ने जस्ता उपायहरूमा जोड दिइएको छ ।

‘सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस्, सम्भावित विपद् सामना गर्न जिम्मेवार ढंगले सबै जुटौँ,’ विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसले आफ्ना सबै तहका कार्यकर्तालाई समेत आफू कार्यरत क्षेत्रमा विपद् व्यवस्थापनमा स्वयंसेवकका रूपमा सक्रिय रहन आह्वान समेत गरेको छ ।