२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने, आयोगले कार्यतालिका स्वीकृत गर्‍यो

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने जनाएको छ। सोमबार (असोज २० गते) आयोगको बैठकले निर्वाचनका लागि आवश्यक तयारीहरू समयमै पूरा गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार, निर्वाचन कार्यतालिका स्वीकृतसँगै दल दर्तादेखि मतगणनासम्मका सबै प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन गरिने भएको छ। आयोगले समयबद्ध तयारीमार्फत निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

दल दर्ता मंसिर १ देखि १० गतेसम्म
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म गरिनेछ। आयोगमा दर्ता कायम रहेका दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुन: दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।

आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूलाई मिति २०८२ मंसिर ३० गते ९७र३०० अगावै दल दर्ताको प्रमाणपत्र लिएर तयार रहन अनुरोध गरेको छ।

निर्वाचन अधिकृतको कार्यालय माघदेखि सञ्चालनमा
प्रत्यक्ष प्रणाली (पहिलो हुने निर्वाचित हुने प्रणाली) अन्तर्गतका निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना गरिने र पौष १८ र १९ गते बन्द सूची पेश गर्ने कार्यक्रम तय गरिएको छ।

प्रचारप्रसार फागुन ३ देखि १८ सम्म, मतदान फागुन २१ गते
आयोगले निर्वाचन प्रचारप्रसारका लागि फागुन ३ गतेदेखि १८ गतेसम्म समय तोकेको छ। त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि दुवै प्रणालीका मतपेटिका संकलन गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।

राजनीतिक दल र सरोकारवालासँग छलफल हुने
निर्वाचन प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन आयोगले राजनीतिक दलहरू, सरोकारवाला निकाय र विज्ञहरूसँग समय समयमा परामर्श तथा छलफल गर्ने पनि जनाएको छ।

विज्ञप्ति :