बझाङ । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला समिति बझाङले जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीको तत्काल सरुवा गरी सोही कार्यालयका वरिष्ठ खोप अधिकृत भानुभक्त जोशीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन सिफारिस गरेको छ।
सामाजिक विकास मन्त्रालय, धनगढीलाई पत्र पठाउँदै धामीले फरक विचार र आस्थाका आधारमा अन्य कर्मचारीहरूलाई बिना कारण दुःख दिने र पक्षपातपूर्ण व्यवहार गर्ने कार्य गर्दै आएको युनियनले जनाएको छ ।
“जिल्ला जनस्वास्थ्य कार्यालय बझाङमा निरन्तर दुई वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएका ज.स्वा. अधिकृत श्री लाल बहादुर धामीले बेला-बेला फरक विचार र आस्थाका आधारमा अन्य कर्मचारीहरूलाई अनावश्यक दुःख दिने र पक्षपातपूर्ण कार्य गर्दै आउनुभएको छ।”
त्यस कारण, युनियनले धामीलाई अर्को जिल्लामा तत्काल सरुवा गरी, सोही कार्यालयका वरिष्ठ खोप अधिकृत तथा युनियन सल्लाहकार समिति अध्यक्ष भानुभक्त जोशीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन सिफारिस गरेको जनाएको छ।







