२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माले भने : ‘मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार पदाधिकारी बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले मंसिरभित्र महाधिवेशन गर्न नसकेको खण्डमा विशेष महाधिवेशन विकल्प भएको बताए ।

उनले भने, ‘नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ । यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउनेछ ।’

तर, महाधिवेशन तयारीका लागि रातदिन खट्न सक्ने नेतृत्व आवश्यक रहेको भन्दै कार्यवाहकले त्यो गर्ने अथवा अरू कोही सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो गर्नु उचित हुने उनको भनाइ थियो ।

नियमित महाधिवेशन गर्दा विधानमा संशोधन गरेर सबै तहमा व्यापक युवा सहभागिता बढाउन सकिने उनको तर्क थियो ।

‘छोटो समयमा नियमित महाधिवेशन गर्न सकिन्न भन्ने हो भने, विशेष अधिवेशन गर्नुपर्ने हुन्छ,’ उनले भने ।

विशेष महाधिवेशनका लागि ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको उनको भनाइ थियो ।

तर ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिवेशन बोलाउन मिल्ने प्रावधानअनुरूप बोलाउनु उपयुक्त हुने उनको तर्क थियो ।

२१ फागुनमा चुनाव गर्न सरकारलाई साथ र दबाब दिएर अघि बढ्नुपर्ने भन्दै शर्माले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर कार्यसम्पादन समितिको बैठकबाट गरिएको बताए ।

उनले भने, ‘अदालतले यसको संवैधानिक परीक्षण के गर्छ, त्यो नै अन्तिम हुनेछ । तर मेरो दृष्टिमा सबै राजनीतिक दलले चुनावमार्फत प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो रोज्नु उत्तम हुनेछ ।’

केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको तयारी सँगसँगै निर्वाचनमा जाने निर्णय गर्नुपर्ने उनले बताए ।