२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

अ+ अ-

काठमाडौँ । इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् । 

इन्टरनेटका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपीसिग २०२५’ नाम दिएको सम्मेलन यही असोज २१ देखि २४ गतेसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। उनका अनुसार सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रम भएका थिए भने २२ विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो ।

सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्तालगायत ३४ फेलोहरू सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिए ।

सम्मेलनमा विषय विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउन सक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्यांक सुरक्षा, सामाजिक सञ्जालको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृति, इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोगलगायत विषयमा गहन प्रस्तुति रहेको र सहभागीका बीचमा व्यापक छलफल भएको सम्मेलनमा नेपालकोतर्फबाट सहभागी पत्रकार जीवन भण्डारीले जानकारी दिए ।

सम्मेलनमा सहभागीले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा धेरै सिकाइ भएको पाकिस्तानकी सहभागी मार्यम रसिदले बताइन्।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मंगोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिंगापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायतका २० भन्दाबढी देशका फेलो तथा वक्ताहरु सहभागी भएको इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिइन् ।

सहभागीलाई समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए ।