२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बोलाउन माग

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अधिकांश नेताहरूले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । निर्वाचन अगाडि समान विचारधारा भएका दलहरूबीच तथा वाम-समाजवादी पार्टीहरूको सहकार्य र एकताबारे विस्तृत रूपमा आन्तरिक छलफल गरी टुंगो लगाउन उनीहरूले बैठकको माग गरेका हुन् ।

पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव बलदेव चौधरी, गरिमा शाह, जीवनराम श्रेष्ठ, विजय पौडेल, रामकुमारी झाँक्री, अशेष घिमिरे, दामोदर अर्याललगायत कार्यसमितिका अधिकांश नेताहरूले केन्द्रीय कमिटी बैठकबाट छलफल गरी टुंगो लगाउन सुझाव दिएका छन् । 

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता गर्दा पार्टीको राजनीतिक दृष्टिकोण, सैद्धान्तिक आधार, पछिल्लो पुस्ताका मागअनुसार राजनीतिक कार्यक्रम तथा दीर्घकालीन प्रभाव पार्ने नेतृत्वका विषयमा  विश्लेषण गर्न अविलम्ब बैठक बोलाउन आवश्यक रहेको बताए।

उनले फरक राजनीतिक पृष्ठभूमि भएका दलहरूबीच एकता गर्दा नीति, नेतृत्व, सक्षमता तथा योग्यताअनुसार नेताहरू व्यवस्थापनलगायत विषयमा सूक्ष्म अध्ययन गर्न पार्टी मातहतका कमिटी, सबै जन वर्गीय संगठनका सुझावलाई प्राथमिकतामा राखेर निर्णय लिन बैठकको मिति र स्थान छिट्टै तय गर्नुपर्ने बताए ।

नेकपा (एमाले)सहित बृहत् वाम एकता गर्ने तथा समाजवादी मोर्चा आबद्ध दलहरूबीच एकता गर्ने भन्ने विषयमा नेताहरूबीच फरक फरक मत छ । मुलुकमा विद्यमान संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षाका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेको सो पार्टीले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

गत भदौ अन्तिम साता केन्द्रीय कमिटीको बैठक आह्वान गरेको भए पनि जेन जेडको आन्दोलनका कारण बैठक स्थगित गरिएको थियो ।