काठमाडौँ । काठमाडौँमा श्रीमतीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका-६ का ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा छन् ।
श्रीमती ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको उनीमाथि आरोप छ । उनी काठमाडौँ महानगरपालिका-७, गौरीघाट क्षेत्रमा डेरा गरी बस्दै आएका थिए ।
अप्सरा आफ्नो डेरामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तेन्जिङलाई आइतबार दिउँसो पक्राउ गरेका हो ।
उनीहरूबीच वादविवाद र झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।







