काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।
अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो ।







