काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य प्रशासनिक भवन सिंहदरवारमा एसएलआर नचाउँदै लुटपाट र आगजनीमा संलग्न ललितपुरका सम्राट् भनिने राजु परियार पक्राउ परेका छन् ।
ललितपुर उपमहानगर-१३, कुसुन्तीका ३६ वर्षीय परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरकै सुनाकोठीबाट पक्राउ गरेको हो ।
परियारले सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार लुटेर सिंहदरवारको मूल गेटमा प्रदर्शन गरेका थिए । उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल छ ।
उनी ज्यान र ठगी मुद्दामा विभिन्न प्रहरी कार्यालयको खोजीमा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।







