२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई कोशी सरकारद्वारा राहत वितरण

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ ।

प्रदेश सरकारले बाढी पहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरुप इलाममा वितरण गरिएको छ ।

गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढी पहिरोले ठुलो जनधनको क्षति भएको थियो ।

सरकारले इलामलाई तीन महिनाका लागि विपद् संक्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपदबाट भएको खोज-अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपद्मा परेको जिल्लामा राहत वितरण गरेको उनले बताए ।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा रु. चार लाख ५० हजार, भोजपुरमा रु. एक लाख, उदयपुरमा रु. दुई लाख, खोटाङमा रु. एक लाख, झापामा रु. दुई लाख ५० हजार र सुनसरीमा रु. दुई लाख सहयोग विपदमा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिए ।

विपदमा परी ज्याने गुमाउनेको परिवारलाई रु एक लाख र सोही परिवारको थप सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले थपेर राहत वितरण गरिएको उनको भनाइ छ ।

उनले प्रदेश सरकारले विपद्‌मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लांकेट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताए ।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण संकलन गरिरहेको उनले जानकारी दिए ।

प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत वितरणका लागि थप रु. १० लाख जिल्ला प्रशासनमार्फत पठाइएको उनले बताए ।