२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षा चुनौती सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई आइजिपी खापुङको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् ।

शुक्रवार परेको ७० औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।

उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए ।

‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरू पश्चातको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन,’ उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाइका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशित गर्दछु ।’

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत् स्थापना भएको अवसरमा सगौरव मनाइँदै आएको प्रहरी दिवसको ७० औँ संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात् उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे ।

‘यसै सन्दर्भमा सोही घटनाक्रम पश्चात् उत्पन्न भएका परिस्थितिहरूमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनः निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहहृदर्यताका लागि समस्त नागरिकहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने ।