२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा ६१ भिआइपीको हवाई उद्धार, विमानस्थल आक्रमण गर्न पुगेको समूहलाई रोकेको सेनाको दाबी 

अ+ अ-

काठमाडौँ। नेपाली सेनाले जेन जेड आन्दोलनका क्रममा ६१ जना भिआइपीको हवाई उद्धार गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्न खोज्ने समूहलाई रोकेको दाबी गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा उत्पन्न परिस्थितिबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै ती घटनाका विविध पक्षबारे जानकारी दिएको हो।

सेनाका युद्ध कार्य निर्देशक अनुपजंग थापा र सहायक रथी मनोज थापाले प्रस्तुत गरेको विवरण अनुसार, आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता, मन्त्री तथा तिनका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको थियो।

त्यसैगरी, कुल ६१ जना भिआइपीको हवाई उद्धार गरिएको र नेपाल प्रहरीका २३ कर्मचारीसहित १२९ जनाको स्थल मार्गबाट उद्धार गरिएको सेनाले जनाएको छ।

सेनाका सहायक रथी मनोज थापाले विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई रोकिएको जानकारी दिएका थिए।

“विमानस्थलमा आक्रमण गर्न खोज्ने समूहलाई समयमै नियन्त्रणमा लिनु हाम्रो जिम्मेवारी थियो,” उनले भने, “यदि विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो।”

युद्ध कार्य निर्देशक अनुपजंग थापाले सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता भएको बताए। उनका अनुसार सेनाले आन्दोलनका क्रममा घातक शक्ति प्रयोग नगरेको र सबैभन्दा बढी ध्यान मानवीय क्षति घटाउनेतर्फ केन्द्रित गरेको थियो।

सेनाले सार्वजनिक गरेको विवरण अनुसार, आन्दोलन र त्यसपछिका घटनामा जम्मा ७६ जनाको मृत्यु भएको छ। तीमध्ये २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन्।