२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैन’: अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उनले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताएका हुन् । 

“जेन जी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्, तर त्यसका नाममा हिंसा मच्चाउने तत्त्वले गरेका अराजक क्रियाकलापको हामी समर्थन गर्न सक्दैनौँ । समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन”, अध्यक्ष ओलीले भने, “हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ । लोकतन्त्रका लागि लडेर आएका दल हौँ । लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुन:स्थापना गर्न लाग्नेछौँ । त्यसका लागि एमाले सक्रिय रहनेछ ।”

उनले विघटित प्रतिनिधिसभाको पुन:स्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन। आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएको छ ।